तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। ग्लोबल टाइम्सका अनुसार हालसम्म भूकम्पमा परी १८८ जना घाइते भएका छन्।तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प मापन गरेको थियो।

मृत्यु र घाइतेहरूको संख्या बढ्नसक्ने उनीहरूले आकलन गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकाले एकीन तथ्यांक आउन नसकेको अधिकारीहरूले जनाएका छन्।

सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाउँदा काठमाडौंलगायत नेपालका अधिकांश क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। नेपालसँगै बंगालादेश, भारत र भुटानमा पनि धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू ले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *