नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो। ‘इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भएकाले हालका लागि उडान ठप्प भएको हो,’ उनले भने, ‘त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ। ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ।’अब नयाँ इन्जिन ल्याएर जडान गरेपछि मात्र निगमले नियमित उडान थाल्नेछ।

हाल निगमसँग आन्तरिक उडानका लागि दुइटा ट्विनअटर जहाज छन्। एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड  छ। नियमित उडिरहेको अर्को ट्विनअटरको पनि उडान आवर सकिएपछि तत्कालका लागि उडान नै  बन्द भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *