पुस महिनाका लागि नयाँ ब्याजदर कायम, १४ बैंकको भने यथावत

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

वाणिज्य बैंकले पुस महिनाका लागि ब्याजदर घटबढ गरेका छन् । मंसिरको तुलनामा वाणिज्य बैंकले पुसका लागि ब्याजदर करिब ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । वाणिज्य बैंकको ब्याजदर मंसिरमा औषतमा ५.९७ प्रतिशत रहेकोमा पुसमा ०.०५ प्रतिशत बिन्दुले बढाएर ६.०२ प्रतिशत बिन्दु कायम गरेका छन् ।

तीन वटा बाणिज्य बैंकको ब्याजदर घटाएका छन् तीन वटा बैंकले बढाएका छन् । १४ वटा बाणिज्य बैंकले मंसिरको ब्याजदरलाई यथावत राखेर सार्वजनिक गरेका छन् ।

मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत, सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत र नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत कायम गरेको छ ।

तीन वटा बैंकले बढाएका छन् । ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत कायम गरेको छ । त्यसैगरी, प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ ।

यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । बाँकी १४ वटा बैंकको ब्याजदर भने यतावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *