निर, अनुप र ऋचा एक्टिङ स्टारको निर्णायक

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

टेलिभिजन रियालिटी शो एक्टिङ स्टारको जुरी सार्वजनिक गरिएको छ। केही महिना अघि डिजिटल अडिसनको आह्वान गरेर प्रतियोगी खोजी गरिरहेको रियालिटी शोको जुरी टिममा अभिनेताद्वय निर शाह र अनुप बराल तथा अभिनेत्री ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ।

डिजिटल अडिसन मार्फत् हालसम्म कलाकार बन्न चाहने १ हजारभन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ। डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरूलाई उनिहरूकै गाउ“ ठाउ“मा पुगेर सहभागिताको प्रमाणपत्र प्रदान गर्ने निर्माण टिमले जानकारी गराएको छ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको शोको निर्देशन विशाल भण्डारीले गर्नेछन्। रियालिटी शो एक्टिङ स्टार एपिवान टिभीबाट प्रसारण गरिनेछ। एक्टिङ स्टारको डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। एक्टिङ स्टारका विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *