साम्पाङको कार्य विधिको शासनविपरीत : मिडिया लयर्स एसोसिएसन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाचार लेखेको कारण पत्रकारलाई धम्की दिएर विधिको शासनविपरीत कार्य गरेको भन्दै मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ ।

 

मिडिया लयर्स एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईलाई सामाजिक संजालमार्फत धम्कीपूर्ण सन्देश लेखेकोप्रति आपत्ति जनाएको हो ।

मेयर साम्पाङले सार्वजनिक रुपमा गालीगलौज र धम्की दिनु नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं सञ्चारको हकको उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नेपाल पक्ष भएको मानवाधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध समेतको प्रत्याभूतिविपरीत भएको र प्रेस स्वतन्त्रता माथिको गम्भीर उल्लंघन भएको अर्यालको विज्ञप्तिमा जनाइएको छ ।

मेयर साम्पाङको कार्य निन्दनीय रहेको र प्रेस स्वतन्त्रताको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘समाचारका विषयलाई लिएर सार्वजनिक गालीगलौजमा उत्रनुलाई धरानका मेयरको न्यूनतम मर्यादा तथा विधिको शासन विपरीतको कार्य हो । यस्तो कार्य तत्काल सच्याउन मेयर साम्पाङलाई आग्रह गर्दछौं । साथै, पत्रकारलाई सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण मिलाउन हामी नेपाल सरकारसँग माग गर्दछौं,’ एसोसिएसनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *