युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

युक्रेनले आज  रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रुसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियाे  ।

“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रुसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ  ।

कालुगाका रुसी गभर्नरले यस क्षेत्रमा  भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम’’ मासमेत आगलागी भएको पुष्टि गरेका छन  ।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रुसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।

यसै क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रुसी मध्य–दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउँदै त्यस्ता थप “परीक्षणहरू’’ गर्ने बताएका थिए ।

 रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *