रुसले युक्रेनमा प्रहार गर्‍यो ब्यालिस्टिक मिसाइल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

रुसले पहिलोपटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको छ । आईसीबीएमले पाँचहजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ । यो विशेष गरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिन्छ ।

युक्रेनको वायुसेनाले आज आक्रमणको पुष्टि गरेको छ । युक्रेनले रुसमा बेलायती र अमेरिकी मिसाइल आक्रमण गरेपछि रुसले जवाफी आक्रमण गरेको हो ।

हिजाे बुधबार युक्रेनले रुसमाथि बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो । त्यसअघि, मंगलबार युक्रेनले रुसमाथि अमेरिकी लामो दुरीको एटीएसीएमएस ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो ।

रुसले गत महिना आफ्नो भूमिमा नेटो देशका हतियार प्रयोग भए तेस्रो विश्वयुद्धको सुरुवात मानिने बताएको थियो ।

रुस–युक्रेनमा तनाव बढ्दै गएपछि तीन नर्डिक देशले युद्धको चेतावनी दिएका छन् । नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *