आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँयाे । गणेशमान सिंह स्मृति प्रतिष्ठानले राजधानीको रानीपोखरीस्थित शान्तिवाटिकामा विशेष कार्यक्रम गरेको थियाे ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । आजै भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा पनि विशेष कार्यक्रम राखिएको थियाे । यता शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरियाे ।
सिंहको जन्म विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटी नजिकै र निधन २०५४ असोज २ गते भएको हो ।
राणाशासन अन्त्य गर्ने अभियानमा लागेका उनलाइ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई अघि बढाउन विशेष भूमिका खेलेका थिए
बि.सं २०१५ मा पहिलो निर्वाचित सरकारमा मन्त्री भएका गणेशमानलाई तत्कालीन पञ्चायती सरकारले विश्वेश्वर प्रसाद कोइरालासँगै मृत्युदण्डको माग गर्दै आठवटा मुद्दा दायर गरेको थियो । पछि विशेष अदालतबाट सफाई पाएका थिए ।