रास्वपाका कार्यकर्ताको हातपात : सादा पोसाकका प्रहरी माथी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरामा रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि हातपात भएको छ । मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा सादा पोसाकमा खटिएका प्रहरीमाथि रास्वपाका कार्यकर्ताहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निषेधित क्षेत्र नजिक भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीमाथि कुटपिट भएसँगै त्यहीँ खटिएका सहकर्मी प्रहरीले उद्धार गरेका थिए । उनीमाथि मुक्का प्रहार हुन थालेपछि प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीले कुटपिट भएका आफ्नो कर्मचारीको परिचय खुलाएको छैन।
रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन् । लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ परेका थिए ।

रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ

 पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन ।अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *