भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा), गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गरेका थिए […]

Continue Reading

अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई कारबाही

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । सो विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।प्राधिकरणका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि […]

Continue Reading

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।आज मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क […]

Continue Reading

ब्रजेश्वरी साकोस कोे सोह्रौ बार्षिक साधारण सभा सम्पन्न

ब्रजेश्वरी साकोस कोे सोह्रौ बार्षिक साधारण सभा काठमाडाै को बानेश्वरमा सम्पन्न भएकोेछ । सो साधारण सभाले २०८१ को लेखापरिक्षण प्रतिवेदन ,आर्थिक वर्ष ०८१।८२ को निती तथा कार्यक्रम , आगामी आर्थिक वर्षका लागी लेखापरिक्षक को नियुक्ती, लाभास बितरण लगायतका प्रस्तावहरु पारित गरेको छ । चालु आथीक बर्षको बासलात अनुसार संस्थाको शेयर पुजी १ करोड ६६ लाख […]

Continue Reading

देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव पहाडि क्षेत्रमा वर्षाको सम्भावना

देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली […]

Continue Reading

दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । यससम्वन्धमा अहिलेसम्म कुनै क्षतीकाे बिवरण आएकाे छैन ।

Continue Reading

ललितपुरमा तातोपानीले नुहाउने स्थान गृह सञ्चालन

ललितपुर महानगरपालिका– ३ स्थित ठाडोढुंगामा तातोपानीले नुहाउने गृह सञ्चालनमा ल्याइएको छ ।वडाले एक साथ छ जनाले नुहाउन सकिने गरी स्नान गृह सञ्चालनमा ल्याएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए । सो कक्षको नाउँ युनिसोलार साओर स्टेशन राखिएको छ । सो स्टेशनमा महिला र पुरुषका लागि अलग अलग कक्षको व्यवस्था गरिएको छ । चिनियाँहरुले गरेको सर्वेक्षण अनुसार […]

Continue Reading

मेलम्चीकाे ८ कराेड लिटर पानी वाग्मतीमा

मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि ८ कराेड लिटर पानी वाग्मतीमा छाडिएको छ ।मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ । जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ । तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी  काठमाडौं उपत्यकामा वितरण सुरु […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ […]

Continue Reading

ललितपुरमा सन्चालित पुष्पमेला आज सकिदै

ललितपुरमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लाग्न  थालेकाे छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा गत बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ नामक पुष्प मेला आयोजना गरिरहेको छ ।  मेलामा एकै ठाउँमा एक सय भन्दा धेरै प्रजातिका फूलहरू […]

Continue Reading