आजको मौसम : देशका अधिकांश भागमा सफा रहने

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली […]

Continue Reading

दिल्ली उड्न लागेको जहाजमा बम भन्ने समाचार भ्रामक

काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक रहेको खुलेको छ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले एयर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको भ्रामक सूचना रहेको बताए।‘अहिले स्थिति सामान्य नै छ, सर्च गर्दा केही भेटिएन। अहिले जहाजमा यात्रुहरू चढाउन थालिएको छ। उडान हुँदा साँझ ६ बज्छ होला,’ उनले भने। सोमबार उक्त जहाज […]

Continue Reading

दानकाे जग्गा एमालेलाई झड्का अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार […]

Continue Reading

रारा राष्ट्रिय निकुन्जमा क्यामेरा ट्य्राप

रारा राष्ट्रिय निकुन्जमा वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ । निकुन्जभित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । र्‍यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक/एक क्यामेरा राखी जाडो र गर्मी […]

Continue Reading

धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनतालाई सरकार भएको महसुस हुनुपर्नेमा जोड दिए ।उनले सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले काम अघि बढाउनुपर्ने बताए । सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर […]

Continue Reading

दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम भएको हल्ला, विमान जाँच गरिँदै

काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि अहिले चेकजाँचकाे काम भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ ।

Continue Reading

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च बन्द रहने

तिहारको उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ । सर्वोच्चको प्रशासन शाखाले सोमबार जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ । त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न […]

Continue Reading

पुष्पमेला समापन : १ कराेड २८ लाखकाे काराेवार

जवलाखेल मैदानमा आयोजित १७ औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका छन् । मेलामा एक करोड २८ लाख रुपियाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प […]

Continue Reading

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ […]

Continue Reading

थाई एयर एसियालाई प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले , “आइतबारदेखि […]

Continue Reading