सुनको मूल्यमा सामान्य गिरावट

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सुनको मूल्य बिहीबार घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो ।

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *