एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा

हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् । सङ्घका महासचिव ऋषिराम भण्डारीले भने , “आरोहण सुरु भएको पछिल्लो […]

Continue Reading

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव(आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ । फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए […]

Continue Reading

रूस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने

रूस-युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नेबारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्। पुटिनसँग वार्ता गर्न युरोपियन युनियन (इयु) ले जर्मनीकी पूर्व चान्सलर एङ्गेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्व अध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। सन् २०२२ मा पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि, केही युरोपेली नेताहरूद्वारा गरिएका छिटपुट […]

Continue Reading

आजकाे बिनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलरको भाउ आज पनि वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ। यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा […]

Continue Reading

भारतमा परीक्षणपछि फेरि चिया निर्यात गर्न बाटो खुल्यो

नेपालबाट भारततर्फ निर्यात हुने चिया १९ दिनपछि बल्ल खुलेको छ । भारत सरकारले कडाइ गर्दै चिया भित्रिन नदिएपछि नेपालबाट चिया निर्यात ठप्प थियो । भारतीय चिया बोर्डले विदेशबाट आयात गरिने चियाको गुणस्तर परीक्षण र प्रक्रियाका सम्बन्धमा नयाँ निर्देशिका जारी गरसँगै बाटो खुलेको हो । उक्त बोर्डले जेठ ५ गते (मे १९, २०२६) मा जारी गरेको […]

Continue Reading

पुटिनकाे चिन भ्रमण : के के भए सम्झौता?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताएका छन् । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन् । गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई बेइजिङले भव्य […]

Continue Reading

साउदीबाट नेपाल एयरलाइन्सको नियमित उडान नहुँदा चार लाख नेपाली यात्रामा भोग्दै समस्या

साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, […]

Continue Reading

सगरमाथामा आरोहीको लामाे लाम

एक सातामा २५० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन् । यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता बुधबारसम्म उल्लिखित सङ्ख्यामा आरोही र सहयोगी शेर्पासमेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका […]

Continue Reading

छैटौँ पटक विश्वकप खेल्दै रोनाल्डो, जित्लान् उपाधि

विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वकप पोर्चुगल टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकप–२०२६ का लागि लिजेन्ट रोनाल्डोलाई समावेश गर्दै पोर्चुगल टोलीको घोषणा गरे । यससँगै रोनाल्डोले कीर्तिमानी  छैटौँ पटक विश्वकप खेल्ने पक्का भएको छ । विश्व फुटबलमा […]

Continue Reading

विश्वभर रासायनिक मलको मूल्य १२ प्रतिशतले वृद्धि

विश्व बैंकले सन् २०२६ को पहिलो त्रैमासमा रासायनिक मलको मूल्य १२ प्रतिशले वृद्धि भएको जनाएको छ । विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचकांकले पछिल्ला सातौं त्रैमासमध्ये छैटौं पटक वृद्धि भएको देखाएको हो । यो चार वर्षयताकै उच्च हो । इरान–इजरायलको य्द्धुका कारण हर्मुज जलघाँटी बन्द हुँदा आपूर्तिमा आएको अवरोध नै मुख्य कारण रहेको विश्व बैंकको हालै सार्वजनिक […]

Continue Reading