विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वकप पोर्चुगल टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकप–२०२६ का लागि लिजेन्ट रोनाल्डोलाई समावेश गर्दै पोर्चुगल टोलीको घोषणा गरे । यससँगै रोनाल्डोले कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्ने पक्का भएको छ ।
विश्व फुटबलमा अनेकौँ कीर्तिमान बनाएका रोनाल्डोलाई विश्वकप जितेर नयाँ कीर्तिमान रच्ने अवसर समेत छ । विश्व फुटबलका सबै खाले उपाधि चुमेका रोनाल्डोले अब विश्वकप मात्र जित्न बाँकी छ ।
रोनाल्डो यसअघिका पाँच विश्वकपमा गोल गर्ने खेलाडी समेत हुन । पछिल्लो समय युरोपको ब्यवसायिक फुटबल छाडेरसाउदी अरेबियाको अल नासर क्लबमा खेलिरहेका रोनाल्डोका लागि यस विश्वकप नै अन्तिम हुने अपेक्षा गरिएको छ ।
शिक्षक मार्टिनेजले टोली घोषणापछि रोनाल्डोबाट पोर्चुगलले धेरै पाएकोले अझै केही गर्ने बताए । उनले भने , ‘‘रोनाल्डो विश्व फुटबलको एक प्रतीक र हाम्रो कप्तान । उनी टोलीको अनुशासन, जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण हुन् ।’’
प्रशिक्षक मार्टिनेजले पोर्चुगलको अन्तिम टोलीका २६ सदस्य हुने भएपनि २७ जना खेलाडीको नाम सार्वजनिक गरे । जसमा चार गोलरक्षक समावेश छन् ।
आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा पोर्चुगल समूह ‘के’ मा रहेको छ । यस समूहमा डिआर कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेको छ ।
पोर्चुगलका लागि यो तुलनात्मक रुपमा सहज समूह हो । पोर्चुगलले नेपाली मितिअनुसार असार ३ गते डिआर कंगोसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपमा पहिलो पटक ४८ टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।
विश्वकप पोर्चुगल टोली
गोलरक्षक : डिएगो कोस्टा, जोस सा, रुइ शिल्भा र रिकार्डव भेल्हो ।
रक्षक : डिएगो डालोट, माथेउस नुनेन, नेल्सन सेमेडो, ओआओ कान्सेलो, नुनो मेन्डेज, गोल्कासो इनासियो, रेनाटो भेइगा, रुबेन डियाज र तोमस अराउजो ।
मिडफिल्डिर : रुबेन नेभेज, सामुएल कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेज र बर्नानर्डो शिल्भा ।
स्ट्राइकर : क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, फ्रान्सिस्को ट्रिनकाओ, फ्रान्सिस्को कोनसेइकाओ, पेड्रो नेटो, राफाएल लिआओ, गोन्कासो गुएडेस, गोनकालो र रामोस ।
