फ्लाई दुबईलाई पोखरा–दुबई उडान अनुमति

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए  । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने , “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान […]

Continue Reading

एम्बापेको फ्रान्सलाई हालान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ । सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स सोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुशीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो । सन् १९९८ […]

Continue Reading

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका एक लाख डलर भिसा शुल्कमा अदालतको रोक

उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी सङ्घीय अदालतले रोक लगाएको छ। यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले सोमबार २० वटा डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला […]

Continue Reading

नेपाल–चीन सीमास्तम्भ अनुगमन

नेपाल–चीनबिचको सिमानाको समग्र अनुगमन र सीमास्तम्भ रेखदेख गर्ने कार्य भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको (बिओपी) टोलीले नियमित रूपमा सिमाना र सीमास्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो । हिल्सामा रहेको सशस्त्र प्रहरी बिओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिणी क्षेत्रमा स्थापना गरिएको चारदेखि ११ नम्बरका सीमास्तम्भको रेखदेख तथा समग्र सिमानाको अवस्थाको अनुगमन […]

Continue Reading

फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७:४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका […]

Continue Reading

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन ९यही जेठ २९ गते० भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था […]

Continue Reading

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ । महासङ्घले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ ।महासङ्घका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक […]

Continue Reading

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि […]

Continue Reading

भारतमा ‘जेन–जी’ प्रदर्शन: जन्तर–मन्तरमा उत्रिए ‘कक्रोच’ समर्थक

नयाँ दिल्लीको जन्तर–मन्तरमा शनिबार ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले विरोध प्रदर्शन गरेको छ। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सीजेपीले गरेको प्रदर्शन सामान्य झडपबाहेक शान्तिपूर्ण रह्यो। शनिबार बिहान मात्रै सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट दिल्ली आइपुगेका थिए। दिल्ली ओर्लनेबित्तिकै उनले जन्तर–मन्तर पुगेर शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनको नेतृत्व गरेका थिए। प्रदर्शनमा प्रख्यात पर्यावरण कार्यकर्ता तथा […]

Continue Reading

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री  वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताएका  छन्। बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने […]

Continue Reading