फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आज  विमान दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ। न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जना भएको हो। फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्। दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा […]

Continue Reading

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए  । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई  नियन्त्रणमा  लिन सकिदैन”, उनले भने , “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ […]

Continue Reading

भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता

 भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट […]

Continue Reading

सोनम वांगचुकले सुरु गरे अनिश्चितकालीन भोक हडताल, अभिजीत दीपकेले प्रहरीलाई लगाए यस्ता आरोप

सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा […]

Continue Reading

देशका विभिन्न प्रदेशमा ३ दिन भारी वर्षा हुने, केही ठाउँमा हावाहुरीको पनि सम्भावना

भाेली सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आज आइतबार राती पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ। सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। […]

Continue Reading

मनसुनी विपतकाे जोखिममा कृृषि

यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको छ । मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ । कृषिक्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ । नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत (एक करोड ८० लाख) जनसंख्या कृषिमा निर्भर छ । कृषिक्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन, देशको सिङ्गो जनसंख्याका […]

Continue Reading

सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट सभवत आन्दाेलनकाे घाेषणा गर्दै

मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले  एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट संभवत आन्दाेलनकाे घाेषणा गर्दै छन् भन्ने बुझिएकाे छ । फाउन्डेसनद्वारा  मदन भण्डारीको ७५ औँ […]

Continue Reading

अरनिको राजमार्गकाे धुलिखेल–खावा खण्ड असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

सडक स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो । उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा […]

Continue Reading

पनौतीमा हिले-जात्रा सुरू

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा हिजाेबाट सुरु भएको छ । जात्राको परम्पराअनुसार हिजै साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगणहरू (दुइचा न्याकेगू) सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। जात्रा सुरु गरिएकै दिन गए रातिनै अबेर भद्रकालीको रथ तानियाे र रातभरि गैंडू पूजा (होम गर्ने) […]

Continue Reading

पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी

निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि ३० वर्ष र अवकाश उमेर ५५ वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुुन् । आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले ३० […]

Continue Reading