भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा

रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ। सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो। छिमेकी देशको […]

Continue Reading

बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

गत २०८१ साल असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा […]

Continue Reading

धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरियाे । नयाँ […]

Continue Reading

नेपालदेखि युरोपसम्म जोड्ने रेल सञ्जालमार्ग योजना सुस्त

नेपालले ट्रान्स–एसियन रेलवे (टिएआर) नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ । द्रुत रेलमार्गको सपना देख्न थालिएको छ । तर एसिया युरोपसम्मको रेलयात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ । नेपालमा अहिलेसम्म जनकपुर–जयनगर र रक्सौल–सिरसियामा मात्र सीमित रेल सञ्चालनमा छ । ‘ट्रान्स–एसियन रेलवे नेटवर्क’ एसिया र युरोपका विभिन्न […]

Continue Reading

जापान र नेदरल्यान्डकाे खेल २–२ को बराबरीमा सकियाे

विश्वकप समूह ‘एफ’ को खेलमा एसियाली मुलुक जापान र नेदरल्यान्डबीच खेल २–२ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको डल्लास स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा अन्तिम समयमा गोल फर्काएर जापान हारबाट जोगिएको हो । मध्यान्तरअघिसम्म गोल नभइ सकिएको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । खेलको ५० औं मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्टर भर्जिल भान […]

Continue Reading

भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा

२७ जेठ बिहान १० बजे एउटा हेलिकोप्टर दार्चुला क्षेत्र हुँदै उड्यो । स्थानीय र प्रशासनका अनुसार उक्त हेलिकोप्टर भारतीय सेनाको हो । दार्चुलास्थित सुरक्षास्रोतका अनुसार उक्त हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै नेपाली आकाशमा पसेको थियो । दार्चुलाका सहायक प्रजिअ मोहनसिंह धामीले कान्तिपुरसँग भने, ‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो ।’ कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय […]

Continue Reading

चिया उद्योग बन्दको घोषणाले किसान त्रसित

इलाम सूर्योदयका चिया उद्योगीले असार १ देखि उद्योग बन्द गर्ने घोषणा गरेपछि हरियोपत्ती उत्पादक किसान त्रसित भएका छन् । चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसान चिन्तित भएका हुन् । उद्योग बन्द भए हरियो चिया प्रशोधन हुन पाउँदैन । ७/७ दिनमा हरियो मुना टिप्ने गरिएको छ भने १ दिन […]

Continue Reading

राष्ट्रिय झण्डा बोकेर विश्वकप हेर्न क्यानडा पुगे प्रदीप खड्का

कलाकार प्रदिप खड्का विश्वकप फुटबल हेर्न क्यानडा पुगेका छन्।  पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्। अभिनेत्री दिब्या रायमाझीसहित त्यहाँ पुगेका कलाकार खड्काले राष्ट्रिय झण्डा फहराउँदै खेलमा भएको गोलको मज्जा पनि लिएका छन् । पेय पदार्थ कोका–कोलाको ब्राण्ड एम्बासडरका रुपमा विश्वकपमा नेपाली सेलिब्रेटी दर्शकको रुपमा सहभागी […]

Continue Reading

२४ घण्टामा लागू औषधसहित देशका विभिन्न स्थानबाट ३१ जना समातिए

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ३१ जनालाई नियन्त्रणमा लिएको छ। काठमाण्डाै गोकर्णेश्वर नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सोही नगरपालिका-६ नारायणटार घर भएका ३२ वर्षीय नवाङ शेर्पालाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १५ एम्पुल, फेनारगन १ सय १४ एम्पुल, डाइजेपाम १ सय १७ एम्पुल र नगद २५ हजार ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ […]

Continue Reading

अमेरिका–इरानबीच सम्झौताको मस्यौदा सार्वजनिक: हर्मुज खुल्ने र २५ अर्ब डलर सम्पत्ति फुकुवा हुने प्रस्ताव

अमेरिका र इरानबीच सम्भावित नयाँ समझदारीको मस्यौदामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा आंशिक राहत, ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन तथा इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने प्रस्ताव समेटिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानका एक वरिष्ठ अधिकारीले दुई देशबीच तयार भएको भनिएको समझदारीपत्र (एमओयू) को अन्तिम मस्यौदामा आर्थिक, सुरक्षा र आणविक कार्यक्रमसँग सम्बन्धित प्रमुख विषय […]

Continue Reading