राजावादीहरूले भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजवादीहरू बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट जम्मा भई दिउँसो एक बजे काठमाडौंको रत्नपार्कमा कार्यक्रम तय गरेका छन्। श्रेष्ठले रत्नपार्कमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको बताए।

‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो। हामीले आन्दोलन गर्न लागेको हौं। आन्दोलन गर्नका लागि अनुमति लिनुपर्दैन,’ श्रेष्ठले भने। उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौंको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।

राजवादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए। तर उक्त प्रदर्शन हिंसात्मक भई धनजनको क्षति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *