नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रलाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
