हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा आएको बाढी गाउँभन्दा सिधा माथि पर्ने थाक्रा भन्ने ठाउँको दुईवटा हिमताल फुटेर गाउँमा बाढी आएको नाम्खा गाउँपालिकाले जनाएकाे छ । हिमताल गत जेठ १ गते फुटेको हाे । अहिले पनि लेदो बगिरहेको र सुरुमा के हो भन्नेबारे थाहा नभएको तर, आज हेर्न जाँदा गाउँभन्दा ९ घण्टाको पैदल-दूरीमा पर्ने थाक्रामा दुईवटा हिमताल फुटेको पत्ता लागेको बताइएकाे छ ।
पाँच जनाको टोली त्यहाँ पुगेकाे छ जानकारीका लागी परिचालित भएकाे स्थानियले बताएका छन । टाेलिले दुईवटा हिमताल फुटेकै देखेकाे खवर गरेपछि के भएकाे भन्ने थाहा भएकाे बताइएकाे छ ।
पहिरोबाट प्रभावित भई १९ घरधुरी गाउँभन्दा पारिपट्टी त्रिपालमा बसिरहेको र त्रिपालमा ३३ जना रहेकामा उनिहरू १९ घरधुरी का रहेकाे जानकारि भएकाे बताइएकाे छ । उनीहरूलाई खानेकुराको व्यवस्था गरेका गाउपालिकाले गरेकाे भएतापनि उध्दार तथा राहतका लागी याे प्रयास कम रहेकाे र यसका लागी सरकार नै लाग्नुपर्ने स्थानियकाे माग रहेकाे छ ।
जिल्ला प्रशासन कार्यालय, हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा, खानी तथा भूगर्भ विभागलगायतसँग समन्वय भइरहेको जानकारी दिए ।
घटनालगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोली बीच बाटोबाटै फर्कन परेको पनि उनले जानकारी गराए। अत्यधिक अग्लो ठाउँमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने हुँदा थप सकस भएको उनको भनाइ छ।
प्रभावित स्थानीयहरूले हेलिकोप्टर आए हुन्थ्याे भनेर भनिरहेको पाण्डेयले बताए। ‘हामीले गर्न सक्ने व्यवस्थापनको अधिकतम प्रयास गरिरहेका छौँ। अहिले हेलिकोप्टर आए हुन्थ्यो भन्ने हिजोदेखि नै छ। आज स्थानीय ५ जनाको टोली त्यहाँ पुगेको छ। उनिहरूले देखेको कुराको आधारमा अन्य रणनीति बनाउनुपर्ने देखिन्छ,’ उनले भने।
