अमेरिकामा बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ, अदालतमा मुद्दा दर्ता

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

टेक्सस, अमेरिका — बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । एकलाई प्रहरीले पक्राउ गरेपछि अर्का एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् ।  मिनेसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययरत तामाङ र फुयाँलमाथि गत १ नोभेम्बर राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथ ठेगानामा रहेको युनिभर्सिटीको छात्रावासको कोठामा आफूसँगै लगेर एक महिला विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

 घटनापछि उनीहरूलाई प्रहरीले सामान्य सोधपुछसमेत गरेको थियो । सोधपुछका क्रममा उनीहरूले आफूहरू घटनामा संलग्न नरहेको दाबी गरेको बुझिएको छ । सोधपुछका क्रममा उनीहरूले आफ्नो स्पष्टीकरण बताएपछि फरार भएका थिए । फरार भएपछि तामाङ र फुयाँललाई पक्राउ गर्न मिनेसोटा प्रहरीले देशव्यापी वान्टेड नोटिससमेत जारी गरेको थियो ।एक साताअघि क्यालिफोर्नियामा फुयाँल पक्राउ परेपछि त्यसको भोलिपल्ट तामाङले न्युयोर्क प्रहरी डिपार्टमेन्टसमक्ष आत्मसमर्पण गरेका थिए । फरार रहेकै समयमा उनीहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो । मिनेसोटा राज्यको इस्टर्न काउन्टी कोर्टमा इस्टर्न काउन्टी प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दर्ता गरेको हो । उनीहरूलाई प्रहरीले स्थानीय समयअनुसार ५ मार्च बुधबार अदालतमा पहिलो पटक पेस गर्नेछ ।

क्यालिफोर्नियामा फ्रिमोन्ट प्रहरी विभागको स्ट्रिट क्राइम्स युनिटले फुयाँललाई पक्राउ गरेको थियो । उनलाई मिनेसोटा पठाउनका लागि प्रहरीले बिहीबार इस्ट काउन्टी हल अफ जस्टिसमा पेस गर्ने जनाएको छ । उनलाई क्यालिफोर्नियास्थित सान्तारिता जेलमा राखिएको छ । घटनापछि फुयाँलले कलेज ट्रान्सफर गरेका थिए । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययरत थिए ।

पीडितले घटनाबारे केही दिनभित्रै उजुरीमार्फत जानकारी गराएको सेन्ट क्लाउड पुलिस डिपार्टमेन्टले जनाएको छ । डिपार्टमेन्टका अनुसार उजुरीलगत्तै उनीहरूलाई पक्राउ गर्न खोज्दा युनिभर्सिटी छाडिसकेको जानकारी पाएपछि तत्काल वान्टेड नोटिस जारी गरिएको थियो । बलात्कार घटनाको केही घण्टापछि फुयाँलले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितको चिकित्सा परीक्षण गर्दा संकलित डीएनए नमुना फुयाँल र तामाङ दुवैसँग मिलिसकेको प्रहरीको दाबी छ । अमेरिकाको कानुन अनुसार फुयाँलविरुद्ध पहिलो र तेस्रो डिग्रीको आपराधिक यौन दुर्व्यवहार र पहिलो डिग्रीको आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको अभियोजन अघि बढाइएको छ ।

तामाङविरुद्ध पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको आरोप अनुसार मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । बलात्कार घटनाका आरोपित तामाङ र फुयाँले युनिभर्सिटीले फल सेमेस्टरका लागि भर्ना गरेपनि स्प्रिङ सेमेस्टरका लागि भने भर्ना गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *