पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो ।
सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियाे ।
दुवै जना खतरामुक्त रहेको र उपचार गरिएकाे थियाे । घटनाअघि उपप्रधानमन्त्री पौडेलले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गरेका थिए । सन् २०२५ भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो ।
उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा आज दिउँसो सवा १ बजेतिर बेलुन पड्किँदा नगर प्रमुख आचार्यको गाला र टाउकोको केही भाग जलेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पाेलेको छ ।
घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो। पोखरामा सामान्य उपचारपछि जलनको उपचारका लागि उनिहरूलाई राजधानी लगिएको हो।
