आजकाे विनिमयदर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल राष्ट्र बैङ्कले आज बुधबार साउन ६ गतेका  लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३४ पैसा र बिक्रीदर १०९ रुपियाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १५ पैसा र बिक्रीदर ११९ रुपियाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७१ पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९३ पैसा र बिक्रीदर ४१ रुपियाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १६ पैसा र बिक्रीदर ४२ रुपियाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८४ पैसा र बिक्रीदर ४२ रुपियाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४१ पैसा र बिक्रीदर १० रुपियाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९० पैसा र बिक्रीदर १५ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४८ पैसा र बिक्रीदर २३ रुपियाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४५ पैसा र बिक्रीदर ५०१ रुपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ५६ पैसा बिक्रीदर ४०९ रुपियाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ १५ पैसा र बिक्रीदर ४०० रुपियाँ ७१ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *