कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।नेकपा र नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेकपाका ५ जना र काँग्रेसका ११ जना गरी १६ जना सांसदको समर्थन रहेको छ।
अविश्वास प्रस्तावसँगै नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ। प्रदेश सभामा दर्ता भएको उक्त प्रस्तावमाथिको प्रक्रिया अब प्रदेशसभा नियमावली अनुसार अघि बढ्नेछ।

