नारायणगढ-मुग्लिन सडक अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुईनखोलामा ढुंगा खसिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सोमबार साँझ ७:३० बजेसम्म सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाइ भइरहेको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न तथा अनावश्यक जोखिम नलिन सम्बन्धित निकायले आग्रह गरेको छ।

निरन्तर वर्षा भइरहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको छ।

सडक भासिएपछि तातोपानी नाका ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *