विश्वकपमा सहभागी दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार निधन भएको छ । दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेल्ने अवसर पाएका थिए ।

दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेयटन म्याकेन्जीले एडम्सको निधन भएको पुष्टि गरेका छन् । उनले बीबीसीलाई भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एडम्सका रूपमा प्रतिभाशाली खेलाडी गुमाएको छ ।’

मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । दक्षिण अफ्रिकी प्रहरीले यस सम्बन्धमा छानबिन सुरु गरेको बताइएको छ । एडमले पछिल्लो समय मामेलोडी सनडाउन्सका लागि व्यावसायिक फुटबल खेलिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *