माकलबारीमा अक्सिजन सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु

मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा प्र ०६–००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुईवटा फायर एक्स्टिङ्गुइशर र एउटा सानो अक्सिजन सिलिन्डर एक्कासी पड्किएका थिए ।

त्यसक्रममा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो । तर, बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी पवनकुमार भट्टराईले बताए ।

घटनाको थप कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *