नेपालमा स्थानीय वायुको आंशिक प्रभाव, राति केही स्थानमा वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज आइतबार राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, मधेस र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थान, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

सोमबार र मङ्गलबार मधेस प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ । भोलि र पर्सी कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *