श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्।

सन्दीप र दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत बनेको देखिएको छ।

प्रतियोगिताको खेलाडी छनोट क्रममा लामिछाने गोल्ड क्याटेगोरीमा सूचीकृत थिए। उक्त श्रेणीमा उनी करिब २० हजार अमेरिकी डलर (झण्डै ३० लाख रुपैयाँ) मूल्यमा खरिद भएका हुन्। टिममा दिलशान मदुशंका, इब्राहिम जाद्रान, डेभिड विसी, अविष्का फर्नान्डो र चमिन्दु विक्रमासिंघे लगायतका खेलाडीहरू पनि समावेश छन्।

जानकारी अनुसार सन्दीप गोल्ड क्याटेगोरीमा सूचीबद्ध थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याटेगोरीबाट चयन भएका हुन्। उक्त श्रेणीमा खेलाडीको आधार मूल्य १५ हजार अमेरिकी डलर तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *