इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्ट बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएकाछन् । प्रस्तावमा कुनैपनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिकरूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ ।
न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, “ट्रम्पले ‘कडा’ सर्त साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनुभएको छ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन । सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भनेका छन्, “इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ ।”
ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन् । उनले भनेका छन्, “मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरूसँग यस्ता आणविक हतियार हुनेछैनन् । उनीहरू यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ,” उनले फक्स न्यूजको कार्यक्रममा प्रसारित एक अन्तर्वार्तामा भनेका छन्।
तेहरानले यसअघि ट्रम्पको भनाइमा शङ्का व्यक्त गर्दै आएको छ र दुई पक्ष मुख्य विवादका मुद्दाबाट टाढा छन् । इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनुअघि रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ । तेहरानले पनि जारी लडाइँको बाबजुद लेबनानलाई कुनै पनि सम्झौतामा समावेश गर्ने कुरालाई जोड दिएको छ ।
इजरायलले इरान समर्थित हेजबुल्लाहबिरूद्ध अभियान विस्तार गरेपछि बेरुतले उसलाई ‘विनासको नीति’ अबलम्बन गरेको आरोप लगाएको छ । यसअघि सम्झौता नजिकिँदै आएको सङ्केत दिएपछि ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा नयाँ सैन्य कारबाही हुनसक्ने तर हतार नगरिने सङ्केत गरेका थिए । “मलाई कुनै हतार छैन,” ट्रम्पले भने , “यदि हामीले चाहेको कुरा पाएनौँ भने, हामी फरक तरिकाले अन्त्य गर्ने छौँ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले शनिबार एसियामा भएको रक्षा सम्मेलनमा वासिङ्टन आवश्यक परेको खण्डमा युद्ध पुनः सुरु गर्न ‘आवश्यकताभन्दा बढी सक्षम’ रहेको बताएका थिए । गत अप्रिलमा तेहरान र वासिङ्टनले अस्थायी युद्धविराम गरेपछि र पाकिस्तानको मध्यस्थतामा वार्ता भएपछि इरान र खाडीमा दैनिक आक्रमण रोकिए पनि छिटपुट लडाइँ जारी छ ।
यसैबिच, इरानको रिभोलुसनरी गार्डले हिजाे आइतबार इरानको जलक्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ । यसै हप्ताको सुरुवातमा इरानको बन्दर अब्बासस्थित बन्दरगाहमा अमेरिकी सेनाले आक्रमण गरेपछि युद्धविरामपछिको सबैभन्दा खराब द्वन्द्व सुरु भएको थियो ।
जे होस्, कूटनीतिक नीतिले ट्रम्पलाई एक सम्झौता सुरक्षित गर्न दबाबमा राखेको छ जसले स्ट्रेट अफ हर्मुज वरपरको प्रतिस्पर्धात्मक अमेरिका र इरानको नाकाबन्दी हटाउने छ, जसले विश्वव्यापी तेल आपूर्तिको लागि महत्त्वपूर्ण मार्गको आवागमन रोकेको छ ।
ट्रम्पले कुनै पनि सम्झौताअन्तर्गत उक्त जलसन्धि भएर जान सक्ने पानीजहाजमा इरानले कुनै शुल्क नलिने बताएपछि इरानी समाचार एजेन्सी फार्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “त्यस्तो कुनै प्रावधान सम्भावना छैन ।” इरानको समाचार संस्था (आइएसएनए) ले सांसद अलिरेजा सलिमीलाई उद्धृत गर्दै नियन्त्रित जलक्षेत्रमा इरानको व्यवस्थापन र सार्वभौमिकता कार्यान्वयन गर्ने योजना छिट्टै संसदमा पेश गरिने बताएको छ ।
एएफपी
