भाेलि शुक्रबार तीन प्रदेशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

हाल नेपालमा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । भोलि शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा र हिमपातको सम्भावना छ ।

शुक्रबार र शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *