मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढ्यो : काउन्सिल

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो।

सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री फैलाउने प्रवृत्ति बढेको
उल्लेख गरेका छन्।

काउन्सिलका अनुसार बिना अनुमति अस्पताल, विद्यालय र सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित शैली र हप्कीदप्की गर्ने, तथा अभिभावकको अनुमति बिना बालबालिकाको अन्तर्वार्ता लिने गरिएको जनाएको छ।

त्यस्तै, सरकारी कार्यालयमा क्यामरा लिएर छिर्ने, कार्यालय प्रमुख वा लेखा प्रमुखलाई प्रश्न सोधेर अन्तिममा ‘सन्देशमूलक सूचना’ भन्दै जवरजस्ती बिल छाड्ने र आफैँ सम्झौताको ड्राफ्ट बनाएर दस्तखत गरी कार्यालयमा बुझाउने जस्ता डरत्रास देखाउने प्रवृत्ति समेत देखिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले पेसागत आचरण विपरीतका गतिविधि नगर्न आम सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

साथै, पत्रकारहरूलाई धम्की दिने कार्य बन्द गरी प्रेस स्वतन्त्रताको निर्वाध उपयोग गर्ने वातावरण निर्माण गरिदिन सम्बद्ध सबै पक्षसँग अनुरोध समेत गरेको छ।null

Leave a Reply

Your email address will not be published. Required fields are marked *