डिडिसीमा सिआइबीको छापा, कर्मचारीहरूका मोबाइल जफत

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजाे बुधबार नेपाल दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेकाे  छ।

सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ भने दुध खरिद-बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ।

‘सिआइबीबाट ८–९ जनाको टोली आएर दुध खरिद-बिक्रीका विवरण, मौज्दात र किसानलाई भुक्तानी गर्न बाँकी विवरण मागेको छ, केही विवरण दिइसकेका छौँ,’ डिडिसीले भन्यो,  ‘सञ्चालक समितिका निर्णय पनि माग भएको छ।’

सरकारी स्वामित्वको डिडिसीले किसानबाट दुध संकलन गरेर बजारमा बेच्छ। तर, अझै किसानलाई ५० करोड भुक्तानी गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *