प्रतिनिधिसभा बैठकमा बुधवार प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि तेस्रो पटक सुचारु बैठकमा पनि अवरोध कायमै रहदा सभामुख डोलप्रसाद अर्यालले बिहीबार बस्ने गरी बैठक स्थगित गरेका हुन ।
दुई पटक स्थगित भएर पुनः सुचारु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध गरेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्ने सभामुख अर्यालले बैठकलाई जानकारी गराए ।
प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिकरूपमा विरोध जारी राखेका थिए ।
