राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्‌को अधिवेशन आह्वान

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । आज  दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन  ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन  राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *