६ दिनमा दुई लाख ३२ हजारले उपत्यका छोडे

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार मङ्गलबार मात्रै ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।

उनका अनुसार गएको भदौ ३१ गते ३४ हजार ५५६, असोज १ गते ३६ हजार एक सय, असोज २ गते ४० हजार ५५५, असोज ३ गते ३४ हजार ८७९ र असोज ४ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

यसैगरी, काठमाडौँ उपत्यका भित्रिनेको सङ्ख्या गएको भदौ ३१ गते ३० हजार ५७४, असोज १ गते ३० हजार ४२२, असोज २ गते ४० हजार ९४, असोज ३ गते ३४ हजार ८७९, असोज ४ गते २८ हजार ८९६ र असोज ६ गते २८ हजार ८९६ रहेको छ। डीएसपी सिंहका अनुसार यो वर्ष बाटो राम्रो नभएका कारण उपत्यकाबाट बाहिरिनेको सङ्ख्या भने विगतका वर्षभन्दा कम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *