अधिकांश सरकारी कार्यालयमा आगजनी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जेन जी पुस्ताको आन्दोलनले उग्ररुप लिएपछि देशभरका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको छ ।  देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो बलिरहेको बताइएको छ ।

त्यस्तै सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीलत निवाससहित राजनीतिक दलका शीर्ष नेताको घरमा आगजनी भएको छ । काठमाडौंमा मात्र होइन देशभरका अन्य सरकारी कार्यालयमा पनि जेन जी समूह प्रवेश गरी आगजनी गरेका छन् ।

सरकारी कार्यालयमात्र होइन सञ्चार माध्यमका भवनमा पनि आगजनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *