भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ । उक्त बलेरोमा सवार रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महत्तो र बलेरो चालक सर्लाही बरथह वा. न.पा. २ का २३ वर्षीय राजेशकुमार कुसहवा भोटेकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ ।

बलेरोलाई टुचन लगाई तान्ने क्रममा एकजनाको शव नदीले बगाएको जिप्रकाले जनाएको छ । भोटेकोशी नदीमा बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेले जानकारी दिए  । बलेरो के कारणले भोटेकोशी नदीमा खस्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

 अटो दुर्घटनमा एकको मृत्यु, ११ भारतीय नागरिक घाइते

नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । देवचुली नगरपालिका ६ टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको पछाडि ढाला भएको सामान बोक्ने अटो दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

मृतक र घाइते सबै भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय रिजुवान खातुनको उपचारको क्रममा पुरानो मेडिकल कलेर भरतपुरमा मृत्यु भएको हो । मोतिहारीकै ३५ वर्षीय सवना खातुन गम्भीर अवस्थामा भरतपुरमै उपचार भइरहेको नेपालले जानकारी दिए  ।

घाइते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उनिहरु सबै भारतबाट नवलपुरको देवचुलीमा विवाहका लागि आएको र पहाड घुम्ने भरेर कीर्तिपुर पुगेर फर्कर्दै गर्दा दुर्घटनामा परेको नेपालले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *