‘सुरक्षा ग्यारेन्टी’ बिना पुटिनसँग वार्ता गर्न तयार छैनन् जेलेन्स्की

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोकिएपछि भविष्यमा सम्भावित रुसी आक्रमण रोक्न युक्रेनका लागि ठोस सुरक्षा प्रत्याभूति अनिवार्य हुने बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न आफू तयार रहेको तर त्यसअघि युक्रेनको सुरक्षा सुनिश्चित हुनुपर्ने शर्त राख्दै उनले भनेका छन्, ‘हामी सातदेखि १० दिनभित्र ‘सुरक्षा ग्यारेन्टी’को ठोस योजना बुझ्न चाहन्छौं।’

युक्रेनले खोजेको सुरक्षा प्रत्याभूति रुसले उठाएका मागसँग मेल नखाने भन्दै मस्कोले किएभमाथि दीर्घकालीन शान्तिप्रति चासो नदेखाएको आरोप लगाएको छ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनबीच वार्ता गराएर साढे तीन वर्षदेखि जारी रुसी आक्रमण अन्त्य गर्ने प्रयास गरिरहेका छन्। जेलेन्स्कीले भने, ‘कुन देशले कुन क्षणमा के गर्न सक्छ भन्ने स्पष्ट बुझ्न हामीलाई आवश्यक छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *