आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदैगरेको मे १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारार्थ ल्याइएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ । बाँकी चार जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनास्थल पाँचथर सदरमुकाम फिदिमदेखि २० मिनेट दूरीमा पर्छ । दुर्घटना अपरान्ह ४ बजे भएको प्रत्यक्षदर्सीले बताएका छन् ।
