नेपालको ‘होर ई–स्पोर्ट्स’ नवौँ, पायो एक करोड ७८ लाख

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालको ‘होर ई–स्पोर्ट्स’ टोलीले पब्जी विश्वकपमा नवौँ स्थान हासिल गरेको छ । साउदी अरबमा जुलाई २३ देखि २५ तारिखसम्म सञ्चालन भएको विश्वकपको फाइनल चरणमा होराले १८ खेलमा कूल एक सय अङ्क जोड्दै नवौँ स्थान बनाएको हो ।

फाइनल चरणमा १६ टोलीबिच प्रतिस्पर्धा भएको थियो । नवौँ भएसँगै ‘होर ई–स्पोर्ट्स’ टोलीले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (करिब एक करोड ७८ लाख रुपियाँ) पुरस्कार पाएको छ ।

टोलीमा नेपालबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए  । टोलीको म्यानेजरमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ रहेका थिए  ।

विश्वकपको उपाधि भने म्यानमारको वाइजी ई–स्पोर्ट्सले जितेको छ । नेपाली ४१ करोड रुपियाँ पुरस्कार राशी रहेको विश्वकपको विजेता वाइजी ई–स्पोर्ट्सले करिब सात करोड नेपाली रुपियाँ पुरस्कार पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *