नेपालमा अब टेलिग्राम नचल्ने

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध लगाएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो। अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै प्राधिकरणले नेपाल टेलिग्राम बन्द गरेको हो।

‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *