युक्रेनको डोनेट्स्क क्षेत्रमामा रूसी आक्रमण चार जनाको मृत्यु, सात घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताए  ।

पछिल्लो आक्रमणमा यस क्षेत्रका थप सात जना घाइते भएको युक्रिन फर्मले पनि पुष्टि गरेको छ । रूस र युक्रेनले सन् २०२२ फेब्रुअरीदेखि दुई पक्षबिच चलिरहेको द्वन्द्वका कारण यो क्षेत्रमा दिनहु जसो आक्रमण भएको रिपोर्ट गर्ने गरिएको छ । क्युएनए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *