फेरि आन्दोलनमा उत्रिए मिटरव्याज पीडित, जनकपुरदेखि काठमाडौंसम्म पैदलमार्च सुरु

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मिटरब्याज पीडित फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन् ।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन् । पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जी तमसुक जलाएका थिए । लघुवित्त्त्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए ।

उनले बालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे ।

काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *