फिफा विश्वकप : कुन टीम नकआउटमा पुगे, को बाहिरिए ?

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ (नकआउट) मा १३ राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।जसमा मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स नर्वे, कोलम्बिया, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को, दक्षिण अफ्रिका, बोस्निया र हर्जगोभिना रहेका छन्। यस्तै, अन्तिम चरणका खेलहरू नसकिँदै विश्वकपबाट सात राष्ट्रहरू बाहिरिसकेका छन्। प्रतिस्पर्धा गर्ने ४८ राष्ट्रहरू मध्ये समूह चरण समाप्त हुँदासम्ममा […]

Continue Reading

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान

नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ। बिहीबार काठमाडौंमा दही चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो। कार्यक्रममा […]

Continue Reading

सरकारी आश्वासनपछि खुले चिया उद्योग

 नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएका हुन् । नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त […]

Continue Reading

बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै

हुम्लाको नाम्खा गाउँपालिका–४, याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ । स्थानीय किसानले बाली जोगाउन खेतबारी वरिपरि लगाएको ग्याबिन तारमा भालु अड्किएपछि गाउँभरि चासो र चिन्ता बढेको छ । स्थानीयवासीका अनुसार भालु बुधबार राति बाली खान बारीमा प्रवेश गरेपछि ग्याबिन तारमा अड्किएको नाम्खा गाउँपालिकाका […]

Continue Reading

सर्लाहीमा मोहरम सौहार्दपूर्ण बनाउने सहमति

सर्लाहीमा मुस्लिम समुदायले मनाउने मोहरम अर्थात् दाहा पर्वलाई सौहार्दपूर्ण किसिमले मनाउने निर्णय गरिएको छ ।आज बिहीबार दिउँसो सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न धार्मिक सङ्घ संस्थाका प्रमुख, धर्मगुरु र प्रतिनिधिको उपस्थितिमा समन्वय बैठक बसी पर्व मनाउने क्रममा शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्ने सहमति गरिएको हो । मुस्लिम समुदायले आफ्नो तेस्रो ठुलो पर्व मोहरम […]

Continue Reading

मौसम बिग्रिएका बेला फेवातालमा डुङ्गा चलाउन रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले आज बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ (राफ्टिङ-बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने […]

Continue Reading

तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले अहिले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको बताएको हो । हाल कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग तथा गण्डकी […]

Continue Reading

कारागारको डेढ विघा जग्गा ३२ वर्षदेखि अतिक्रमित

सप्तरीको राजविराज नगरपालिका –६ स्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी जग्गा विगत करिब ३२ वर्षदेखि अतिक्रमणमा परेको छ । सरकारी स्वामित्वको उक्त जग्गामा निजी घर, टहरा तथा झुप्रा निर्माण गरी एक सयभन्दा बढी परिवार बसोबास गर्दैआएका छन् । सम्बन्धित निकायले विभिन्न समयमा अतिक्रमण हटाउन पहल गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अतिक्रमण झन् विस्तार हुँदैगएको […]

Continue Reading

भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् । विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गरेका हुन  । उनका अनुसार भूकम्पबाट […]

Continue Reading

भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तेल प्रशोधन केन्द्रसमेत प्रभावित

भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिले ७.२ म्याग्निच्युडको […]

Continue Reading