‘मनसुन’ भित्रन अझै समय लाग्ने

यस वर्षको मनसुन नेपाल भित्रन आनाकानी गर्दै नेपालको सीमापारि अड्किएर बसेको छ । छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपाल भित्रन आनाकानी गर्दै सीमापार बसेको हो । विभिन्न प्रणालीले यतिबेला भारतको सिक्किम र बिहारसम्म मनसुन आइपुगेको देखाएको छ । मनसुन भित्रने मिति जुन १३ बाट घर्किएर जुन १७ लागेको छ । तर पनि मनसुन नेपाल भित्रन […]

Continue Reading

प्यूठानमा विद्यालयबाट फर्कँदै गरेका दाजुभाइलाई भेलले बगायो

स्कुल सकेर घर फर्कँदै गरेका एकै घरका दुई दाजुभाइ स्कुले बालकलाई भेलले बगाएको छ। एकको शव फेला परेको छ भने अर्का एकको खोजी कार्य जारी छ । नौबहिनी गाउँपालिका-५ काँटेमा रहेको जनता प्राथमिक विद्यालयमा पढाई सकेर घर फर्कँदै गरेका दाजुभाइलाई जोगिपँधेरामा बर्खे भेलले बगाएको हो। भेलमा परेका कक्षा १ मा अध्ययन गर्ने बिमल खत्रीको शव […]

Continue Reading

काठमाडौंका खोला किनार : पहिले र अहिलेको दृश्य

सरकारले वैशाख १२ गतेबाट काठमाडौंमा रहेका थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनारका सुकुमवासी बस्ती भत्काउन सुरू गरेको थियो । अहिले ती ठाउँ खाली भएका छन् । सरकारले ती ठाउँमा पार्क बनाउने जनाएको छ । विस्थापितहरूलाई सरकारले काठमाडौं, भक्तपुर र काभ्रेमा गरी ७ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ । बालाजुस्थित माछापोखरी लजमा ८७ घरका २ […]

Continue Reading

एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा

एनसेलका लगानीकर्ताले नेपालमा आर्जन गरेको नाफा गैरकानुनीरूपमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश लाने योजना बनाएको रहस्य खुलेको छ । बैंक छलेर विदेशबाट आर्थिक कारोबार सन् २०२३ देखि नै एनसेलका लगानीकर्ताले अवैधरुपमा आर्जन गरेको रकमलाई विदेश लैजान क्रिप्टोकरेन्सी, हुन्डीजस्ता अवैध माध्यमको प्रयोग गरेको आशंका गर्दै एउटा अध्ययन प्रतिवेदनले गम्भीर अनुसन्धान गर्न सिफारिस समेत गरेको छ । तर […]

Continue Reading

फ्रान्सको जीतमा एम्बाप्पेको २ गोल

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली […]

Continue Reading

केप भार्डे, जसले विश्व चकित बनायो

अमेरीकी राज्य जर्जियाको राजधानी टलान्टाको विशाल रंगशालामा गएराति खेलिएको  खेल ९० मिनेटको फुटबलमात्रै थिएन । त्यो एउटा यस्तो कथा थियो, जसले शक्ति, इतिहास, अपेक्षा र सम्भावनाबीचको सीमा पुनर्लेखन ग¥यो । ६७ हजार दर्शक अट्ने रंगशालामा जब खेल सुरु भयो, वातावरणमा स्पष्ट अनुमान थियो, ‘युरोपेली च्याम्पियन स्पेनले बल आफ्नो नियन्त्रणमा राख्ने छ, लगातार दबाब दिनेछ र […]

Continue Reading

क्यान्सरको औषधी पाउनै कठिन

भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधी कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्यवृद्धि गरेसँगै नेपालमा ती औषधीको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ । भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधीको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधनसम्बन्धी सूचना प्रकाशित भएको थियो । नेपाल औषधी आयातकर्ता सङ्घका अनुसार हाल भारतमा यी औषधीको मूल्य […]

Continue Reading

इजिप्टको आत्मघाती गोल उपहार पाएपछि हारबाट जोगियो बेल्जियम

समूह ‘जी’ अन्तर्गत बेल्जियम र इजिप्टबीचको खेल १–१ गोलको बराबरीमा टुगिएकाे छ ।  बेल्जियमले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएपछि खेल बराबरीमा टुंगिएको हो । इजिप्टका लागि यो आत्मघाती गोल कति खराब रह्यो भने मोहम्मद सलाहको ३४ औं जन्मदिन समेत सुखद् हुन सकेन । सियाटलमा पहिलो हाफको सुरुमै इमाम अशौरले गोल गर्दै सुरुवात गरे । […]

Continue Reading

नेपाललाई सघाउन चीन तयार

नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यीबिच सोमबार चीनको बेइजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो । द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री […]

Continue Reading

रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै, जग्गा रोक्का प्रक्रिया सुरु

सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग […]

Continue Reading