बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा गएराती रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय का अनुसार सडक विभागका उपकरण, सुरक्षाकर्मी र मजदुर परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *