डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  मेचीनगर ६ काँकरभिट्टास्थित भन्सारढाँटमा सशस्त्रप्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो ।

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन, अमेरिकी डलर, भारतीय रुपियाँलगायत बरामद भएको हो ।उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपियाँ बराबरको ५७० ग्राम सुन ,३० लाख ६५ हजार बराबरको २० हजार अमेरिकी डलर,८५ हजार ४१० भारतीय रुपियाँ, सवारी चालक अनुमति, आधार कार्ड , भिभो मोबाइल , सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड , भिजा कार्ड र चेक बरामद भएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *