बिनाश आउनेवाला छ ? मोदीले विश्वलाई चेतावनी दिँदै के भने ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी ऊर्जा संकटको बीचमा संसारलाई चेतावनी दिएका छन् । नेदरल्यान्ड्सको हेगमा प्रधानमन्त्री मोदीले यस दशकमा मानवताका सामु निरन्तर चुनौतीहरू आइरहेको बताएका छन् । वर्तमान ऊर्जा संकटलाई लिएर उनले यदि अवस्था सुधारिएन भने पछिल्ला धेरै दशकका उपलब्धिहरू खेर जाने बताएका छन् ।

दुनियाँमा चलिरहेका युद्धहरूको बीच प्रधानमन्त्री मोदीले वर्तमान दशकलाई निरन्तर बढ्दै गएका आपतहरूको समय भनेका छन् । उनले यदि आउने केही समयमा यी परिस्थितिहरूलाई परिवर्तन नगरिएमा, पछिल्ला धेरै दशकको मेहनत र उपलब्धिहरू नष्ट हुन सक्ने बताएका छन् । साथै विश्वको ठूलो जनसंख्या फेरि गरिबीको दलदलमा फस्न सक्ने उनले चेतावनी दिएका छन् ।

पाँच देश भ्रमणको दोस्रो चरणमा नेदरल्यान्ड्स पुगेका प्रधानमन्त्री मोदीले भारतीय मूलका मानिसहरूसँग कुरा गर्दै विश्वव्यापी संकटबारे चर्चा गरे । उनले भने, ‘यो दशक मानवताका लागि चुनौतीहरूको दशक बनेको छ । पहिले कोरोना महामारी आयो र त्यसपछि युद्ध सुरु भए । त्यसयता संसार निरन्तर तेल संकटसँग जुधिरहेको छ । बिस्तारै यो दशक आपतहरूको दशक बन्दै गएको छ ।’

प्रधानमन्त्री मोदीले यदि यी परिस्थितिहरू छिट्टै परिवर्तन नगरिएमा पछिल्ला दशकहरूको उपलब्धि नष्ट हुन सक्ने, ठूलो जनसंख्या फेरि गरिबीको चपेटामा पर्न सक्ने बताएका छन् । ऊर्जा संकटको लामो प्रभावलाई ध्यानमा राख्दै भारत सरकारले मानिसहरूलाई ऊर्जा बचत गर्न अपील गरेको छ । हैदराबादको कार्यक्रममा प्रधानमन्त्री मोदीले घरबाट काम गर्न, सम्भव भएसम्म विदेश यात्रा नगर्न, इन्धन बचत गर्न र विदेशी मुद्रा बचत गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *