सन् २०३० को विश्वकप बृहत् हुने फिफाको घोषणा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ । सन् २०३० को विश्वकप तीन महादेशका ६ वटा राष्ट्रले आयोजना गर्दै छन् । डिसेम्बर ११, २०२४ मा फिफाले २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो । अधिकांश खेल तीन देशमा खेलाइनेछन् । युरोपमा स्पेन र पोर्चुगलले विश्वकपका खेल आयोजना गर्नेछन् ।

यसैगरी, अफ्रिकी महादेशबाट मोरक्कोले खेल गर्नेछ । फिफाले विश्वकप सुरु भएको एक शताब्दीको अवसरमा बृहत् रूपमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । आगामी चार वर्षपछि आयोजना हुने विश्वकप ठ्याक्कै सय वर्ष पुग्ने । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकप आयोजना भएको थियो । शत वार्षिकोत्सव मनाउन फिफाले सन् २०३० को विश्वकपका लागि तीन दक्षिण अमेरिकी देशहरूको पनि घोषणा गरेको छ । जसमा विश्वकपको पहिलो खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वे आयोजक राष्ट्र हुनेछन् ।

यी तीन दक्षिण अमेरिकी राष्ट्रहरूलाई फिफा विश्वकप २०३० शताब्दी समारोहको प्रमुख भाग हुन छनोट गरिएको थियो । अर्को महिनामा मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । विश्वकप आउन एक महिना अवधि बाँकी रहँदा फिफाले अर्को संस्करणको तयारी थालेको जनाएको छ । यसपटक पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । योपटक सर्वाधिक ४८ राष्ट्रले भाग लिँदै छन् ।

तीन महादेशमा विश्वकप हुने

यसअघिका संस्करणमा ३२ राष्ट्रले प्रतियोगितामा भाग लिएका थिए । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा ३२ राष्ट्र सहभागी हुँदा अर्जेन्टिनाले उपाधि जितेको थियो । अब चार वर्षपछिको विश्वकप प्राविधिक रूपमा तीन महादेशमा ६ वटासम्म आयोजक राष्ट्र हुनेछन् । ४८ टोलीले भाग लिने विश्वकपमा १ सय ४ खेल हुनेछन् । सन् २०३० विश्वकपमा अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा समान एक खेल आयोजना गर्न पाउनेछन् ।

अर्जेन्टिनाको घरेलु खेल एस्टाडियो मोनुमेन्टलमा एउटा खेल हुने फिफाको भनाइ छ । शत वार्षिकोत्सव मनाउँदा उरुग्वेको घरेलु खेल एस्टाडियो सेन्टेनारियो र पाराग्वेले एस्टाडियो ओस्भाल्डो डोमिनगेज डिब्बमा खेल गर्नेछन् ।

त्यसपछि बाँकी १ सय १ विश्वकपका खेल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछन् । मोरक्कोका ६ सहरका ६ रंगशाला, पोर्चुगलका दुई सहरका तीन रंगशाला र स्पेनका नौ सहरका ११ रंगशालामा विश्वकप हुने फिफाले जनाएको छ । समग्रमा १७ सहरका कुल २० रंगशालामा खेल हुनेछन् । त्यसपछि सन् २०३४ को विश्वकप साउदी अरेबियाले गर्नेछ । साउदी अरेबियाले पनि कतारमा जस्तै जाडो मौसममा विश्वकप गर्ने लक्ष्य राखेको छ । साउदी अरेबियाले पाँच सहरमा १५ वटा रंगशाला बनाउने योजना बनाउने अपेक्षा गरिएको छ ।

अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा 

साबिक विजेता अर्जेन्टिनाले आगामी जुन–जुलाईमा हुने विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । अर्जेन्टिनी फुटबल महासंघले मंगलबार फिफा विश्वकप २०२६ का लागि  प्रारम्भिक टोली घोषणा गरेको जनाएको छ । जसमा ६ गोलरक्षक, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ स्ट्राइकर रहेका छन् । महासंघको प्रारम्भिक सूचीमा पाब्लो डिबला छैनन् ।

महासंघले विभिन्न राष्ट्रमा शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई ५५ खेलाडी भित्र समावेश गरेको जनाएको छ । गोलरक्षकमा सिनियर खेलाडीका रूपमा एमिलियानो मार्टिनेजलाई समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *